रूपनी गाउँपालिका– १ का ४१ वर्षीय राजु जयसवालले जिल्ला प्रहरी कार्यालयको बन्दी गृहमा आफूलाई मानसिक यातना दिइएको आरोप लगाएका छन्। रूपनी गाउँपालिकाका अध्यक्ष दिनेश यादवले गैरकानुनी ढंगबाट सार्वजनिक जग्गा नम्बरीमा परिणत गरेको सन्दर्भमा आवाज उठाएको विषयलाई लिएर ०८३ वैशाख ९ गते भ्रष्टाचारविरुद्धका अभियन्ता जयसवाललाई सोधपुछका लागि प्रहरी कार्यालय बोलाएर आफूलाई मानसिक यातना दिएको उनले बताए । प्रहरीले वैशाख ९ गते गाउँपालिकाका अध्यक्ष यादवद्धारा आफूविरुद्ध उजुरी गराइएको र “विद्युतीय अपराध” मुद्दा चलाउँदै सोही दिनबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जयसवालले बताए । वैशाख ९ र १० गते आफू अनसनमा समेत बसेको भन्दै उनले बन्दी अवस्थामा पानी समेत पिउन नदिइएको गुनासो गरे । राज्यले बन्दीहरूलाई उपलब्ध गराउनुपर्ने आधारभूत सेवाबाट समेत वञ्चित गरिएको कारण उनले मानव अधिकारकर्मी तथा सरोकारवाला निकायले यस सन्दर्भमा ध्यानाकर्षण गर्न आग्रह गरेका छन्। जिल्ला प्रहरी कार्यालयका डिएसपि डम्बरबहादुर पुरीले भने जयसवालले लगाइएका सबै आरोप निराधार रहेको बताउनु भयो । वैशाख १५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का सप्तरी जिल्ला प्रतिनिधि नविन यादवले जयसवालसँग भेट गरी घटनाबारे जानकारी लिएका थिए।
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषण
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको छ ।