१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नगरपालिका–८ संगमटोलका ६० वर्षीय भोजराज ढुंगानालाई ०८३ वैशाख १४ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई ०८२ माघ १५ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले ०८३ वैशाख १४ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख १४ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।