INSEC Online

📅 २०८३ जेष्ठ २१

चार बुँदे मागसहित भेरी अस्पतालका चिकित्सक काममा फर्किए

चिकित्सकलाई ज्यान मार्ने धम्की दिने तथा अस्पताल प्रमुखमाथि आक्रमणको प्रयास गर्ने आरोपित कुसल दर्लामी गिरफ्तार परेको सूचना पाएपछि भेरी अस्पतालका चिकित्सकहरू पुनः वैशाख १६ गते  देखि काममा फर्किएका छन्।

जिल्ला प्रशासन कार्यालयबाट आरोपित गिरफ्तार परेको जानकारी प्राप्त भएसँगै सेवा सुचारु गरिएको चिकित्सकहरूले बताएका छन्। उनीहरूले चार बुँदे माग अघि सारेका छन्—गिरफ्तार परेकामाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (संशोधन २०७९) अनुसार कारबाही, अन्य संलग्नलाई २४ घण्टाभित्र गिरफ्तार, सामाजिक सञ्जालमा रहेका गालीगलौजका सामग्री हटाउने र अस्पताल परिसरमा अनुमति बिना फोटो/भिडियो खिच्न रोक लगाउने रहेका छन् । साथै माग पूरा नभए पुनः आन्दोलनमा जाने चेतावनी पनि चिकित्सकहरूले दिएका छन्।

यसअघि, बैजनाथ गाउँपालिका–६ लालपुर अठ्ठाइस विगाहकी ६२ वर्षीया दिलसरा विकको ०८३ वैशाख १३ गते उपचारका क्रममा मृत्यु भएपछि उत्पन्न विवादमा दुवै पक्षबीच भनाभन हुँदा स्थिति तनावग्रस्त बनेको र विवादका क्रममा चिकित्सकमाथि हातपात भएको भन्दै अस्पताल प्रशासनले असुरक्षा महसुस गर्दै वैशाख १५ गते बिहानै देखि अस्पतालले ओपीडी सेवा अनिश्चितकालका लागि बन्द गरेको थियो ।

ध्रुबराज शर्मा

अन्य

भिडियो