केन्द्रीय कारागार जगनाथदेवल काठमाडौँबाट ०८२ भदौ २४ गते भागेका कैदी ३० वर्षीय विकाश शर्मालाई ०८३ वैशाख १३ गते प्रहरीले पर्साबाट गिरफ्तार गरेको छ ।
भारतको विहार जिल्ला बेतीया थाना बगाहा बस्ने शर्मालाई वीरगन्ज महानगरपालिका– २४ रामगढवामा लुकिछिपी बस्दै आएको अवस्थामा गिरफ्तार गरिएको डिएसपी हरि बहादुर बस्नेतले बताए । उनी अपहरण तथा कर्तव्य ज्यान सम्बन्धी मुद्धामा २५ वर्ष कैद सजाय भुक्तान गर्दै आएको डिएसपी बस्नेतले जानकारी दिए ।