जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत ३० वर्षीय प्रहरी जवान भगेन्द्र थापालाई कुटपिट गरेको आरोपमा हेटौंडा उपमहानगरपालिका–३ बसामाडीका ५० वर्षीय सुदर्शन बर्तौलालाई प्रहरीले ०८३ बैशाख १० गते गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बैशाख १० गते बर्तौला र उहाँकी पत्नीबीच भएको विवादमा छलफलका लागि दुवैलाई प्रहरी चौकी बसामाडीमा ल्याइएको थियो ।
चौकीमै पुनः बर्तौलाले पत्नी र छोरामाथि कुटपिट गर्न खोजेपछि प्रहरी जवान भगेन्द्र थापाले छुट्याउने क्रममा आरोपितले कुटपिट गर्दा थापाको मुखमा चोट लागेको प्रहरीले जनाएको छ ।
घटनापछि बर्तौलालाई गिरफ्तार गरी अनुसन्धान अगाडि बढाइएको र थप अनुसन्धानका लागि बैशाख ११ गते जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।