सरकारले ०८३ वैशाख १२ गतेदेखि थापाथलीस्थित सुकुम्वासी बस्ती स्काभेटरले हटाउन सुरु गरेको छ । सार्वजनिक जग्गा र नदी कोरिडोर अतिक्रमण गरेर बनाइएका अनधिकृत संरचनाहरू खाली गराउने सरकारी अभियानअन्तर्गत बस्तीमा डोजर चलाइएको हो।

नेपाल प्रहरी र नगर प्रहरीका जवानहरूले सुकुम्वासीहरूका सरसामान आफैँ बोकेर सुरक्षित स्थानमा सार्न मद्दत गरिरहेका छन्।
घरभित्र रहेका लत्ताकपडा, भाँडाकुँडा, ग्यास सिलिन्डर लगायतका अत्यावश्यक सामानहरू नपुरिऊन् र नोक्सान नहोऊन् भनेर प्रहरीहरू आफैँ खटेर सामान ओसारपसार गरिरहेका छन् । 


























