INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचविखन घटनाका आरोपितविरुद्ध उजुरी

बलरा नगरपालिका–५ अनार्हाका १३ वर्षीय बालक सुमन कुमार कुशवाहालाई अपहरण गरी बेचविखन गरेको आरोपमा सोही ठाउँका ३६ वर्षीय बोलीया भनिने विरेन्द्र कुमार सिंहविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८३ वैशाख १० गते उजुरी दिएको छ ।

आरोपित सिंहले बालकलाई रोजगारीको प्रलोभनमा पारी वैशाख ६ गते अपहरण गरी भारतको विहार राज्य पटनास्थित सैतपुर ग्राममा लगेको पीडित पक्षको भनाइ छ । आरोपित सिंहको खोजतलास भइरहेको डिएसपी सरोज राईले बताए  ।

अन्य

भिडियो