डिसीएको आर्थिक सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेशद्वारा ०८३ वैशाख ७ गते हिंसा पीडित ३८ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरिएको छ । पीडितलाई आर्थिक सहयोग इन्सेक मधेस प्रदेशद्वारा गठित मानव अधिकार सहायता कक्ष मार्फत प्रदान गरेको इन्सेकका सर्लाही प्रतिनिधि बुधन साहले बताउनु भयो । ०८२ फागुन ४ गते गोडैता नगरपालिका–१ बहादुरपुरका ३१ वर्षीय जितेन्द्र महतो, २० वर्षीय सुशिल महतो र २५ वर्षीय राजेश महतोले पीडित महिलामाथि अमानवीय ढंगले हिँसा गरी कुटपिट गरेको आरोपमा पीडित पक्षले चैत ८ गते जिल्ला प्रहरी कार्यालय, मलंगवामा उजुरी दिएका थियो । पीडितको सोही दिन प्रादेशिक अस्पताल मलंगवामा उपचार भयो । आरोपित महतो हालसम्म फरार रहेकोले खोजतलास गरिरहेको डिएसपी सरोज राईले जानकारी दिए ।
कानुनी प्रक्रियामा जानका लागि इन्सेकद्वारा सहयोग प्रदान
बलात्कार घटनाका पीडित बालिकालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेक सुदूरपश्चिम