चौदण्डीगढी नगरपालिका–७ बेल्टारका ६४ वर्षीय ज्येष्ठ नागरिक महाप्रसाद राईको हत्या गरेको आरोपमा प्रहरीले ७० वर्षीय ज्येष्ठ नागरिक रामप्रसाद राईलाई वैशाख ६ गते गिरफ्तार गरेको छ ।
आपसी विवादका क्रममा ०८३ वैशाख ६ गते चक्कु प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले चौदण्डीगढी नगरपालिका–७ बेल्टार बजारको नगरपालिका कार्यालय जाने रोडस्थित ओरालाका रामप्रसाद राईलाई अनुसन्धानका लागि गिरफ्तार गरेको हो ।
प्रहार गरिएका महाप्रसादलाई उपचारका लागि नगर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषण गरेको प्रहरीले जनाएको छ ।
छुरा प्रहारबाट घाइते भएका महाप्रसादको नगर अस्पताल, वेल्टारमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
शवको पोष्टमार्टम जिल्ला अस्पतालमा वैशाख ७ गते गरिएको छ । सोहीदिन पीडित पक्षले शव बुझी सद्गत गरेको छ ।