१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका २ गराँसका ४१ वर्षीय रविन धमलालाई ०८३ वैशाख ५ गते गिरफ्तार गरेको छ ।
बालिकालाई वैशाख ५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध सोहीदिन इलाका प्रहरी कार्यालय, कटारीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको डिएसपी केदारमान दोङले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कटारी अस्पतालमा वैशाख ५ गते गरिएको छ ।