नख्खुस्थित एनसेल प्रालिको गेटमा बम विष्फोटको घटनाका संलग्न भएको आशङ्कामा प्रहरीले नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–२, तारुका घर भएका ३८ वर्षीय सूर्य भूजेलालाई गिरफ्तार गरेको छ ।
यही फागुन १० गते नख्खुको बम विष्फोट घटनामा संलग्न भएको आरोपमा भुजेललाई फागुन १४ गते प्रहरी प्रधान कार्यालयको टोलीले गिरफ्तार गरेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रमेशबहादुर धानुकले बताए ।
बम विष्फोटमा परेर ३९ वर्षीय सिंगप्रसाद गुरुङको उपचारका क्रममा मृत्यु भएको थियो । अन्य दुई जना घाइतेको मेडिसिटी अस्पताल, नख्खुमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार भुजेल नेत्रविक्रम चन्द ‘विप्लव’का पूर्व अङ्गरक्षक समेत हुन् । हाल उनले आफूलाई भ्याल्ली कमाण्डर भएको बताएको पनि प्रहरीले जनायो ।