INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा ६ वर्ष ३ महिना कैद सजाय

५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १४ वर्षीय बालकलाई ६ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको ०८२ चैत २४ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै ६ वर्ष ३ महिना कैद सजाय, १ लाख ५० हजार रुपियाँ जरिबाना, ५० हजार रुपियाँ क्षतिपूर्ति पीडित राहत कोषमा जम्मा गर्ने फैसला भएको अदालतका श्रेस्तेदार कमल घलेले बताउनु भयो ।

आरोपितले पीडित बालिकालाई ०८१ कात्तिक २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक ३ गते प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई कात्तिक ३ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण कात्तिक ३ गते बर्दिया अस्पताल, गुलरियामा गरिएको थियो ।

प्रकाश पौडेल

अन्य

भिडियो