२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले लम्कीचुहा नगरपालिका–९ सोनपुरका ३० वर्षीय कासिम अलीजागालाई ०८२ चैत २४ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले चैत २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ईलाका प्रहरी कार्यालय, टिकापुरमा उजुरी दिएको लम्कीचुहा नगरपालिका–९ का वडाध्यक्ष रामप्रसाद चौधरीले बताउनु भयो ।
पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय, टिकापुरका डिएसपी नविनराज बुढाथोकीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत २५ गते टिकापुर अस्पताल, टिकापुरमा गरिएको छ ।