INSEC Online

📅 २०८३ जेष्ठ २१

चार वर्षीया छोरीको हत्या गरेको आरोपमा आमा गिरफ्तार

चार वर्षीया मनिका लिम्बुलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका–२ रिजाललाइनमा डेरामा बस्दै आएकी ३२ वर्षीया पुजा चेम्जोङ लिम्बुलाई फागुन १२ गते गिरफ्तार गरेको छ ।

साविक साँवा गाविस–१ हाल मिक्वाखोला गाउँपालिका–४ स्थायी ठेगाना भएकी लिम्बुले छोरीलाई फागुन १० गते कुटपिट गरी ढुङ्गामा पछारेको डिएसपी सञ्जयसिंह थापाले बताए ।

घाइते बनेकी छोरी मनिका लिम्बुको इलाम अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि इलाम पु¥याइएको थियो ।

सुरटी मन्टेश्वरीमा कक्षा–नर्सरीमा अध्यनरत मनिकाको शवको पोष्टमार्टम इलाम अस्पतालमा फागुन ११ गते गरिएको छ ।

पोष्टमार्टम गरी जिल्ला ल्याइएको मनिकाको शव फागुन १२ गते परिवारले जिम्मा लिएर दाहसंस्कार गरेको डिएसपी थापाले जानकारी दिए ।

अन्य

भिडियो