नवयुवा पुस्ताको प्रदर्शनका क्रममा इलाका प्रहरी कार्यालय, पथरीबाट भागेका दुई जना थुनुवालाई प्रहरीले गिरफ्तार गरेको छ।
लेटाङ नगरपालिका–३ का २४ वर्षीय सुवर्ण राई र २१ वर्षीय सुमन राईलाई प्रहरीले ०८२ चैत १९ गते गिरफ्तार गरेको हो।
लागू औषध मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेको अवस्थामा नवयुवा पुस्ताको प्रदर्शनका क्रममा ०८२ भदौ २४ गते भागेका दुवै जनालाई घर नजिकैबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लिलाराज लामिछानेले बताउनु भयो।
आरोपितमाथि प्रहरी लागुऔषध मुद्दामा अनुसन्धान सुरु गरेको छ।