INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

६९ वर्षीया अम्बिका बर्तौला माथि कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले मकवानपुर जिल्ला भिमफेदी गाउँपालिका–९ की ४२ वर्षीया बुहारी कुसुम कुमारी महतोलाई चैत १८ गते गिरफ्तार गरेको छ ।

आरोपितले बर्तौलालाई चैत १० गते कुटपिट गरेको आरोपमा पीडित पक्षले आरोपित विरुद्ध चैत १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

कुटपिटबाट घाइते भएकी बर्तौलालाई हेटौंडा अस्पतालमा उपचार गराइएको थियो। उपचारपछि घरमै बसिरहेकी उनको चैत १८ गते मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्युपछि सोही दिन उजुरी दर्ता भएसँगै आरोपितलाई गिरफ्तार गरी कर्तव्य ज्यान मुद्दामा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

मञ्जिता मैनाली

अन्य

भिडियो