काठमाडौं महानगरपालिका–३२ छाप्रो चोक बस्ने ३७ वर्षीया बिमला रानाको ०८२ चैत १३ गते हत्या गरेको आरोपमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले सल्यान जिल्ला छत्रेश्वरी गाउँपालिका–७ घर भएका ४२ वर्षीय श्रीमान तेज बहादुर रानालाई गिरफ्तार गरेको छ ।
आरोपितले कुटपटि गर्दा गम्भीर घाइते भएकी बिमलाको ट्रमा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । शवको पोष्टमार्टम चैत १४ गते त्रीवि शिक्षण अस्पतालमा भयो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।