INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

विराटनगर महानगरपालिका–१५ की ३२ वर्षीया कोमलकुमारी साहको हत्या गरेको आरोपमा प्रहरीले ४६ वर्षीय जेठाजु दीपेन्द्र साहलाई चैत ११ गते गिरफ्तार गरेको छ ।

विराटनगर महानगरपालिका–१७ स्थित वडा कार्यालय र छाला फ्याक्ट्रीको पश्चिमतर्फ रहेको खोल्सामा मृतकको शवको चैत १० गते फेला परेको थियो ।

तन्नाले बेरेर फ्यालिएको अवस्थामा शव फेला परेपछि प्रहरी मृतकका पति ३५ वर्षीय रोशन साहलाई चैत ११ गते गिरफ्तार गरेको थियो ।

अनुसन्धानका क्रममा बुहारीको हत्यामा जेठाजुको संलग्नता देखिएपछि जेठाजु दीपेन्द्र साहलाई समेत अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लीलाराज लामिछानेले बताउनु भयो ।

शवको पोष्टमार्टम  कोशी अस्पतालमा चैत ११ गते गरिएको छ ।

कोमलकुमारी ०८२ चैत ६ गतेदेखि सम्पर्कविहीन भएको भन्दै पति रोशनले नै चैत ८ गते इलाका प्रहरी कार्यालय रानीमा पत्नी हराएको भन्दै खोजीका लागि निवेदन दिएका थिए ।

 

विनोद सुवेदी 

अन्य

भिडियो