INSEC Online

📅 २०८३ जेष्ठ २१

बर्दियामा स्थानीय–प्रहरी बीच झडप, ११ प्रहरी घाइते

बर्दियाको गुलरिया नगरपालिका–११, गणेशपुरमा ०८२ चैत १० गते  स्थानीय र प्रहरीबीच भएको झडपमा ११ जना प्रहरी घाइते भएका छन्।

सिमावर्ती क्षेत्र लौकाहीमा लागू औषध सेवन गरेर आएका दुई जनाको मृत्यु भएपछि आक्रोशित स्थानीयले सीमा क्षेत्रमा कडाइ गर्नुपर्ने माग गर्दै सडक अवरुद्ध गरेका थिए। सडक अवरुद्ध गरेर चक्काजाम गरेपछि सडक खुलाउन पुगेका प्रहरी र स्थानीयबीच झडप भएको हो।

झडपका क्रममा सशस्त्र प्रहरी बलतर्फ ४६ वर्षीय राजेशकुमार थारु, २९ वर्षीय शंकर विक्रम चौधरी, २७ वर्षीय मिलन रोका, ४० वर्षीय राकेशकुमार थारु र कृष्ण चौधरी घाइते भएका छन्। त्यसैगरी नेपाल प्रहरीतर्फ ३७ वर्षीय भीम चौलागाईं, ४० वर्षीय दशरथ शाही, ३५ वर्षीय लक्ष्मण चौधरी, ३६ वर्षीय सन्तोष विक, २७ वर्षीय गोविन्द विक र ३० वर्षीय नवीन शर्मा घाइते भएका छन्।

स्थिति नियन्त्रणमा लिन प्रहरीले नौ राउन्ड हवाई फायर र चार राउन्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी प्रमेश बिष्टले जानकारी दिनुभयो। स्थानीयबाट ढुंगा प्रहार हुन थालेपछि बल प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ।

घटनापछि क्षेत्रको अवस्था तनावग्रस्त रहे पनि अहिले स्थिति नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

प्रकाश पौडेल

अन्य

भिडियो