INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

शुद्धोधन गाउँपालिका–१ शिसैकी ६० वर्षीया रेनु पटवारको कैँची प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले १६ वर्षीय एक बालकलाई चैत ७ गते गिरफ्तार गरेको छ ।

चैत ३ गते बिहान करिब ७ बजे आफ्नै पसलभित्र पटवार मृत अवस्थामा फेला परेकी थिइन् । मृतकको अनुहार, टाउको, घाँटी तथा शरीरका विभिन्न भागमा धारिलो हतियार कैँची प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

घटनापछि इलाका प्रहरी कार्यालय बुटवल र इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको टोलीले घटनास्थलमा पुगेर मुचुल्का लगायत प्रारम्भिक अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा मृतकसँग दुई खिल्ली चुरोट खरिद गर्ने क्रममा विवाद हुँदा चैत २ गते राति करिब ११ बजे सोही पसलमा रहेको कैँची प्रयोग गरी आरोपित बालकले आक्रमण गरी हत्या गरी फरार रहेको र खोजी गर्नेक्रममा चैत ७ गते लुकीछिपी बसेको अवस्थामा सुध्द्धोधनबाटै गिरफ्तार गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्ण कुमार चन्दका अनुसार आरोपितलाई चैत ७ गते गिरफ्तार गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको बताउनुभयो । घटनास्थलबाट एक थान फलामको कैँची र तीन थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।

शवको पोष्र्टमार्टम चैत ३ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरीे सोही दिन मृतकका छोरा सुरज पटवारले बुझेको प्रहरीले जनायो ।

रीमा बि.सी.

अन्य

भिडियो