१४ वर्षीया शुस्तमनस्थिति भएकी बालिकालाई यौन दुव्र्यवहार गरेको कसुरमा अर्घाखाँची जिल्ला अदालतले सन्धिखर्क नगरपालिका–२ रुब्दीका २४ वर्षीय सरन बहादुर नेपालीलाई एक महिना कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधिश शिवलाल पाण्डेयको ०८२ चैत ९ गतेको इजलाशले आरोपितलाई यौन दुव्र्यवहारको कसुर ठहर गरी एक महिना कैद सजाय, १० हजार रुपियाँ जरिबाना र ३० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला भएकोे जिल्ला अदालत मुद्दा फाँटका नायब सुब्बा शष बहादुर पुनले जानकारी दिनु भयो ।
पीडित पक्षले ०८२ साउन ९ गते बलात्कार गरेको भन्दै साउन १० गते जिल्ला प्रहरी कार्यालय सन्धिखर्कमा उजुरी दिएका थिए । आरोपितलाई प्रहरीले साउन १० गते गिरÏतार गरी र अनुसन्धान पश्चात भदौ १ गते अदालतमा पेस गरेकोमा अदालतको आदेशमा भदौ २ गते आरोपित १ लाख रुपियाँ धरौटीमा रिहा भएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण ०८२ साउन १० गते अर्घाखाँची जिल्ला अस्पताल सन्धिखर्कमा गरिएको थियो ।