INSEC Online

📅 २०८३ जेष्ठ २१

तुलसीपुर कारागारबाट भागेका ६८ कैदीबन्दी अझै फरार

आन्दोलनका क्रममा जेल तोडेर भागेकामध्ये ६८ कैदीaन्दी अझै फरार रहेको तुलसीपुर कारागारले जनाएको छ ।

आन्दोलनका क्रममा भदौ २४ गते कारागारको गेट तोडेर २ सय ५३ जना कैदीबन्दी भागेका थिए । तर १ सय ८४ जनालाई भने प्रहरीले विभिन्न जिल्लाबाट गिरफ्तार गरी कारागार पठाइसकेको छ । एक जना कैदी भने भागेर नेपालगञ्ज पुगेको बेला बिरामी भइ मृत्यु भएको जेलर गिरबहादुर सेजुवालले जानकारी दिनुभएको हो ।

उहाँकाअनुसार ६८ फरार कैदीमध्ये ८ जना विदेशी रहेको र अरु ६० जना नेपाली नै हुन् । उनीहरुको खोजी भइरहेको जेलर सेजुवालले बताउनुभयो । फरार कैदीबन्दी खोजतलासका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रहरीलगायतको सहभागितामा समिति नै निर्माण गरिएको र त्यसले खोजीको काम गरिरहेको जेलर सेजुवालले बताउनुभयो ।

हाल तुलसीपुर कारागारमा एक महिला व्लक र दुई पुरुष व्लकमा गरी ४ सय ११ कैदीबन्दी छन्   भने अरु चार जना पाँच वर्ष मुनिका आश्रित बालबालिका छन् ।

जयनारायण पुन

अन्य

भिडियो