INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका बेपत्ता पारिएको भन्दै उजुरी

१४ वर्षीया  बालिकालाई बेपत्ता पारिएको भन्दै ०८२ चैत ४ गते सुरुङ्गा नगरपालिका–३ लक्ष्मीपुरका ४५ वर्षीय महेश्वर प्रसाद यादव, २१ वर्षीय कुन्दन यादव  र ३० वर्षीय धर्मदेव यादवविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएका छन्  ।

पीडित परिवारका अनुसार बालिका करिब ७ वर्षदेखि महेश्वर प्रसाद यादवको घरमा घरेलु कामदारका रूपमा बस्दै आएकी थिइन्। होलीमा घर आएको समय बालिकामा शारीरिक परिवर्तन देखिएपछि जाँच गर्दा करिब ७ महिनाकी गर्भवती रहेको पाइएको छ ।

घटनापछि चैत १ र २ गते गाउँमै बैठक बसी वडा सदस्य बदरी यादवले घटना दबाउन खोज्दै आफुलाई दबाब दिएको पीडित परिवारले बताए । हाल आरोपित महेश्वर पीडितलाई लिएर सम्पर्कबाहिर रहेको कारण बालिकालाई बेपत्ता बनाएको आशंका गरिएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।

नविन यादव

अन्य

भिडियो