INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

बैजनाथ गाउँपालिका–५ छमनियाकी ५१ वर्षीया भगवनी थारुको ०८२ चैत ३ गते हत्या गरेको आरोपमा प्रहरीले ५५ वर्षीय सिताराम थारुलाई गिरफ्तार गरेको छ। उनीहरुबीच मुसुरो काट्ने विषयमा विवाद भएको थियो।

प्रहरीका अनुसार सितारामले भगवनीलाई घरमा थुनी आगो लगाएर घाइते बनाएपछि भाग्दै गरेकी उनलाई खेतमा लखेटी हँसियाले घाँटीमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो।

सोही घटनामा मृतकका ३५ वर्षीय छोरा अर्जुन थारु टाउकामा चोट लागेर घाइते भएका छन्। उनको कोहलपुर मेडिकल कलेजमा उपचार गरिएको छ । घाइतेको टाउकामा सात ठाउँमा टाँका लगाइएको छ। साथै, पीडितको घरमा समेत आगजनी गरी पूर्ण रुपमा क्षति पुर्‍याइएकाे छ।

आरोपितलाई घटनास्थलबाटै गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। शव पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्जमा राखिएको छ।

ध्रुब राज शर्मा

अन्य

भिडियो