१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चन्द्रपुर नगरपालिका– १ का १९ वर्षीय जितेश वाइवालाई ०८२ चैत १ गते गिरफ्तार गरेको छ।
आरोपितले बालिकालाई फागुन ३० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले चैत १ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिएका थिए ।
जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी रूपा लाबुङले जानकारी दिनुभयो।