INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया सुस्तमनिस्थती भएकी युवतीलाई बलात्कार गरेको  आरोपमा कर्जन्हा नगरपालिका–१ का ७२ वर्षीय खिरबहादुर राउतलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८२ फागुन २९ गते गिरफ्तार गरेको छ ।

आरोपितले युवतीलाई तीन महिनादेखि पटक पटक बलात्कार बलात्कार गरेको भन्दै पीडितको आमाले फागुन २९ गते इलाका प्रहरी कार्यालय मिर्चैया उजुरी दिएकी थिइन् ।

युवतीको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा फागुन २९ गते गरिएको थियो ।

दुर्गा परियार

अन्य

भिडियो