झुम्का कारागार सुनसरी बाट फरार रहेका कैदी ४४ वर्षीय डोरला भन्ने समिउल्लाह मियालाई सप्तरीको कञ्चनरुप नगरपालिका–७ बलुवाबाट प्रहरीले २०८२ फागुन २४ गते साँझ गिरफ्तार गरेको छ ।
इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीबाट प्रहरी नायब उपरीक्षक राजन रायमाझीको नेतृत्वमा खटिएको टोलीले विशेष सूचनाको आधारमा मियालाई गिरफ्तार गरेको हो ।
ज्यानसम्बन्धी कसूर (बलात्कार) मुद्दामा १० वर्ष कैद सजाय तोकिएका मियाले ८ वर्ष कैद भुक्तान गरिसकेका थिए भने २ वर्ष कैद बाँकी रहँदै उनी जेनजी आन्दोलनको क्रममा झुम्का कारागारबाट फरार रहेको प्रहरीले बताएको छ ।