INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपित गिरफ्तार

नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य पार्वती राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले २१ वर्षीय पल राईलाई ०८२ फागुन ८ गते गिरफ्तार गरेको छ ।

थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिममा राजनीतिक विषयमा भएको विवादका क्रममा आरोपितले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

घटना लगत्तै आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

कुटपिटबाट पीडित राईको टाउकोमा चोट लागेको र लोखिमस्थित स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि फागुन ८ गते उपचारपछि डिस्चार्ज गरिएको छ ।

नेकपा एमाले थुलुङदूधकोशी गाउँ कमिटीका अध्यक्ष भूपालसिंह राईले चुनावी एजेन्डाबारे छलफलका क्रममा नेपाली कम्युनिष्ट पार्टी निकट कार्यकर्ताले पार्वती राईमाथि कुटपिट गरेको आरोप लगाउनु भएको छ ।

आरोपित पक्षका रामकिरण राईले कुटपिटलाई अस्वीकार गर्नु भएको छ ।

दुवै पक्षले आआफ्नो दाबी गरे पनि घटनाको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।

प्रहरीले दुवै पक्षलाई छलफलका लागि फागुन ९ गते जिल्ला प्रहरी कार्यालयमा बोलाएको छ ।

अञ्जु कार्की

अन्य

भिडियो