भारत बिहार प्रदेश श्रीमुली सारजा घर भई हाल सिमकोट गाउँपालिकामा मानसिक सन्तुलन कमजोर भएका ६० वर्षीय श्री नबावलाई इन्सेक प्रतिनिधिको पहलमा उद्धार गरिएको छ ।
नबाव विगत दुई वर्षदेखि सिमकोट बजारको सडक पेटिमा बस्दै अएका थिए । दुई वर्षदेखि सडक पेटीमा बस्दै आएका वृद्धलाई ०७५ माघको पहिलो हप्तादेखि इन्सेक प्रतिनिधिले पहल गर्दै आएपछि फागुन १ गते उद्धार गरिएको हो ।
हिउँदको चिसो मौसममा लत्ताकपडा नहुँदा र घरघरमा गएर खाना मागी जीवन यापन गरिरहेका पीडितको दिनचर्याबाट मुक्ति दिलाउन इन्सेकले पहल थालेपछि उद्योग वाणिज्य सङ्घले आर्थिक सहयोग गरेको थियो ।
फागुन १ गते तारा एयरद्वारा सिमकोटबाट सुर्खेतसम्मको भाडा रकम दिई नेपालगञ्ज हुँदै भारतको रुपहीडिया नाकामार्फत गृह जिल्ला श्रीमुलीसम्म जाने भाडा दिएर श्री नबावलाई सिमकोटबाट उद्धार गरिएको हो ।