इनरूवा नगरपालिका- २ निवासी आबरसुनसरी अनलाईनका सञ्चालक तथा सञ्चारकर्मी २४ वर्षीय गणेश कुमार यादवलाई कुटपिट तथा आक्रमण गरेको आरोपमा इनरुवा नगरपालिका- ९ बबियाका २२ वर्षीय रन्जित मेहतालाई प्रहरीले २०८२ फागुन ५ गते गिरफ्तार गरेको छ ।
सुनसरीका डिएसपी चन्द्र बहादुर खड्काका अनुसार फागुन ४ गते राती शिवरात्रीको सांस्कृतिक कार्यक्रममा समाचार सङ्कलन गर्ने क्रममा पत्रकार यादव माथि इनरूवा नगरपालिका- ९ का रंजित र अन्य दुई जनाको समूहले कुटपिट गरेको भन्दै गिरफ्तार गरेकाे छ।
घाइतेको मौखिक उजुरीका आधारमा कानुनी प्रक्रिया अघि बढाइएको सुनसरी प्रहरीले जनाएको छ । यादव उपर बबिया पाेखरी शिव मन्दिरमा आयाेजित कार्यक्रममा समाचार सङ्कलन गर्न जाने क्रममा कुटपिट भएकाे स्थानीय देवराज यादवले बताउनु भएको छ। कुटपिटबाट यादवको आँखामा र टाउकाेमा चाेट लागेकाेले जिल्ला अस्पताल सुनसरीमा उपहार भइरहेको छ ।