कालिञ्चोक गाउँपालिकामा जेठाजुको आक्रमणबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । कालिञ्चोक गाउँपालिका–५ बन्देथलीकी ५१ वर्षीया देउमाया थामीको खुकुरी र ढुङ्गा प्रहार गरी ०८२ फागुन २ गते हत्या गरेको आरोपमा जेठाजु ६८ वर्षीय चन्द्र बहादुर थामीलाई प्रहरीले सोहिदिन गिरफ्तार गर्यो ।
कालिञ्चोक गाउँपालिका–५ स्थित बलम्बुमा चन्द्रबहादुरले घरेलु हतियारले देउमायाको टाउकोमा प्रहार गर्दा गम्भीर चोट लागेकी देउमायाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनालगत्तै फरार रहेका आरोपितलाई प्रहरीले कालिञ्चोक गाउँपालिका–६, लेप्टुङबाट गिरफ्तार गरेको छ । आरोपित थामीमाथि थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, दोलखाका इन्स्पेक्टर श्रीराम तिमल्सिनाले बताउनु भयो ।