१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तुलसीपुर उमनपा–५ का २६ वर्षीय अर्जुन बिकलाई जिल्ला अदालतले १६ वर्ष कैद गर्ने फैसला गरेको छ ।
जिल्ला न्यायाधिस लालसिंह थापाको इजलासले फागुन १ गते दोषी ठहर गर्दै १६ वर्ष कैद, पाँच लाख जरिवाना, २५ हजार क्षतिपूर्ति र २ हजार पीडित राहतकोषमा जम्मा गर्ने फैसला भएको अदालतका स्रेस्तेदार भुपाल भण्डारीले जानकारी दिनुभयो ।
बिकले ०८१ असोज २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज २८ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परिक्षण असोज २८ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भएको थियो । प्रहरीले आरोपितलाई असोज २८ गते घरबाटै गिरफ्तार गरी कात्तिक १३ गते जवरजस्तीकरणीसम्वन्धी मुद्दा चलाएको थियो ।