कोशी प्रदेशसभाको हिउँदे अधिवेशन सुरू भएको छ ।
कोशी प्रदेशसभा सचिवालयमा नवयुवा पुस्ताको प्रर्दशनका क्रममा ०८२ भदौ २४ गते आगजनी र तोडफोडपछि पाँच महिनापछि कोशी प्रदेशसभाको हिउँदे अधिवेशन ०८२ माघ २५ गतेदेखि सुरूआत भएको हो ।
आगजनी र तोडफोडबाट प्रदेशसभाको भवन पूर्ण रूपमा क्षति पुगेपछि हिउँदे अधिवेशन विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको वीरेन्द्र सभागृहमा सञ्चालन गरिएको हो ।
प्रदेशसभा सचिवालय भने मोरङको कटहरी स्थित तरकारी तथा फलफुल थोक बजारमा राखिएको छ ।