औरही गाउँपालिका–१ पौडेसरमा करिब २५ वर्षीया महिलाको शव हत्या गरेको अवस्थामा ०८२ माघ २३ गते साँझ सडक छेउमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रुगम कुँवरका अनुसार मृतक महिलाको टाउकोमा गहिरो चोट देखिएको छ, जसका आधारमा हत्या गरिएको आशङ्का गरिएको हो । हालसम्म मृतकको पहिचान खुल्न नसकेको प्रहरीले बताएको छ । शवको सोही दिन प्रादेशिक अस्पताल जनकपुरमा पोस्टमार्टमका लागि पठाइएको छ । पोस्टमार्टम रिपोर्टपछि मृत्युको यकिन कारण खुल्ने भन्दै घटना सम्बन्धमा अनुसन्धान भइरहेको एसपी कुँवरले बताउनु भयो।