१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत कपिलवस्तुले महाराजगञ्ज नगरपालिका–११ बनगाईका २३ वर्षीय सुरज कुमार लोनियालाई १८ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश महेश खनालको ०८२ माघ १३ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै १८ वर्ष कैद, ७ लाख रुपियाँ जरिबाना पीडित राहत कोषको राख्ने र सोही रकम क्षतिपूर्ति बापत पीडितलाई भराई दिने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार अनन्त मरासिनीले जानकारी दिनुभयो ।
आरोपितले बालिकालाई ०७९ भदौ २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण भदौ २३ गते कपिलवस्तु अस्पताल तौलिहवामा भयो । प्रहरीले आरोपितलाई भदौ २३ गते वनगाईबाटै गिरफ्तार गरेको थियो ।