गुल्मीको इस्मा गाउँपालिका-२ छल्दीटारका ४६ वर्षीय सन्त बहादुर कुमाललाई छोराको हत्या गरेको आरोपमा प्रहरीले माघ १५ गते गिरफ्तार गरेको छ । घटना लगत्तै छोरी सरिता कुमालले ०८२ माघ १५ गते प्रहरी चौकी हस्तिचौरमा मौखिक उजुरी दिनुभएको थियो ।
आरोपितले मादक पदार्थ सेवन गरेर तीन महिनाको छोरालाई भुइँमा पछारेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी गंगा बहादुर सारुले जानकारी दिनुभयो । कुमाललाई गिरफ्तार गरी घटनाको बारेमा अनुसन्धान भइरहेको डिएसपी सारुले बताउनु भयो ।
शवको पोस्टमार्टम माघ १५ गते गुल्मी अस्पताल तम्घासमा गरिएको छ ।