INSEC Online

📅 २०८३ जेष्ठ २२

१५ वर्षीय बालक हत्याको आरोपमा तीन बालक गिरफ्तार

जुनीचाँदे गाउँपालिका–४ का १५ वर्षीय खिमराज विष्टको ०८२ माघ ९ गते हत्या गरेको आरोपमा प्रहरीले १४, १५ र १६ वर्षीय तीन जना बालकलाई माघ १२ गते गिरफ्तार गरेको छ ।

जुनीचाँदे गाउँपालिका–४ स्थित पाथीभरा मन्दिर दर्शन गर्न गएका बालक घर नफर्किएपछि मृतकका बावुले माघ १० गते आरोपितहरु विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए ।

प्रहरीले खोजीका क्रममा बालकको शव माघ १० गते पाथीभरा मन्दिरको जंगलमा भेटाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त कुमार शर्माले बताउनु भयो । उहाँका अनुसार मन्दिर दर्शन गर्न गएका बालकहरुबिच आपसमा झगडा हुँदा हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आरोपितहरुलाई अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको डिएपी शर्माले बताउनु भयो । शवको पोष्टमार्टम माघ १० गते प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा भयो । परिवारजनले माघ १० शवको सद्गत जुनीचाँदेमा गरे ।

बासुदेव शर्मा

अन्य

भिडियो