INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकले पैरवी गरेकी पीडित महिलाको पतिसँग पुनर्मिलन

सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी ५० वर्षीया बाँचु बोहोरालाई ५२ वर्षीय पति जोर बोहोराले आठ वर्षदेखि कुटपिट गर्दै आएको भन्दै इन्सेकले माघ २२ गते न्यायका लागि जिल्ला प्रहरी कार्यालय हुम्लाको महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दिएर पहल थालेपछि माघ २३ गतेनै पतिसँग पुनर्मिलन भएको छ ।

आठ वर्षदेखि विभिन्न किसिमका याताना दिँदै आएको भन्दै माघ २२ गते नै पीडित महिलाले इन्सेक हुम्ला जिल्ला प्रतिनिधि नन्द सिंहलाई लिखित रूपमा उजुरी गरेपछि सोही दिनमै न्यायको माग गर्दै प्रहरीमा इन्सेकले उजुरी गरेको हो ।

विगत केही वर्षदेखि कुटपिट, खाना लाउन, नदिएको भन्दै घरेलु हिंसाबाट पीडित भएकी बाँचुले करङ् समेत भाँचिएको बताएपछि इन्सेकले न्यायका निमित्त पहल गरेको हो ।

इन्सेकले पहल गरे लगतै जिल्ला प्रहरी कार्यालयले दोजाम प्रहरीलाई जानकरी गराई आरोपित जोरलाई उपस्थित गराएको महिला तथा बालबालिका सेवा केन्द्रका हवाल्दार युक्त खाँडले बताए ।

गत वर्ष दोजाम प्रहरी चैकीमा उजुरी गरेको भएपनि समस्या समधान हुन नसकेको भन्दै गुनासो गरेकी बाँचुको माघ २३ गते पति जोर बोहोराले जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा माफी माग्दै अबदेखि यस्तो दुःख नदिने भन्दै पुनर्मिलन भएको छ ।

हवल्दार खाँड, इन्सेक प्रतिनिधि नन्द सिंह, अल्पकालिन सेवा केन्द्रका कार्यालय प्रमख कार्माइटोल लामालगायतका व्यक्तिहरू बसेको छलफलमा आरोपित जोरले अबदेखि आफूले पत्नीलाई खाना लाउन दिने, अपहेलाना नगर्ने भन्दै स्वीकार गरेपछि पति पत्नीको एक आपसमा मिलन भएको हो ।

घरेलुहिंसाबाट पीडित महिलाको बासस्थान, खानपिन र स्वास्थ्य उपचारको लागि इन्सेक प्रतिनिधिले सरोकारवालासँग पहल थालेपछि अल्पकालिन सेवा केन्द्र हुम्लाले खर्च व्यहोरेको थियो भने इन्सेकले पनि न्याय दिलाउनुका साथै समान्य बाटो खर्चका लागि २ हजार रुपियाँ सहयोग गरेको छ ।

अन्य

भिडियो