३८ वर्षीया भान्जे बुहारीलाई बलात्कार गरेको कसुरमा अदालतबाट सजाय सुनाइएपछि फरार भएका टेम्केमैयुङ गाँउपालिका–२ छिनामुखका ७१ वर्षीय मामालाई प्रहरीले माघ २० गते गिरफ्तार गरेको छ ।
न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले ०४७ वैशाख १२ गते हाडनाता करणी गरेको कसुरमा आरोपितलाई चार वर्षको कैद सजाय सुनाएपछि उनी फरार भएका थिए ।
०४७ मङ्सिर १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्घ मङ्सिर २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण ०४७ मङ्सिर २२ गते जिल्ला अस्पतालमा गरिएको थियो । घटना हुँदा आरोपित ४३ वर्षका थिए भने पीडित ३९ वर्षकी थिइन् ।