१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भूमिकास्थान नगरपालिका– १० धनचौरका १९ वर्षीय युवकलाई कसुर ठहर गर्दै जिल्ला अदालतले १२ वर्ष कैद र ५ लाख रुपियाँ जरिबानाको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधिश शिवलाल पाण्डेयको ०८२ पुस ३० गतेको इजलाशले आरोपितलाई कसुर ठहर गर्दै १२ वर्ष कैद, ५ लाख रुपियाँ जरिबाना पीडितलाई क्षतिपूर्ति भराउने र २० हजार रुपियाँ पीडित राहत कोषमा जम्मा हुने फैसला भएको र हाडनाता कसुरमा थप एक वर्ष कैद सजाय, १० हजार रुपियाँ जरिबाना पीडितलाई क्षतिपूर्ति भराउने फैसला भएको जिल्ला अदालत मुद्दा फाँटका नायब सुब्बा प्रकाश भट्टराईले जानकारी दिनु भयो ।
आरोपितले बालिकालाई ०८२ असोज ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालय सन्धिखर्कमा उजुरी दिएका थिए । आरोपितलाई प्रहरीले असोज ३ गते गिरÏतार गरी अनुसन्धान पश्चात असोज २७ गते अदालत पेस गरेकोमा पूर्पक्षका लागि थुनामा पठाएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण ०८२ असोज ३ गते अर्घाखाँची जिल्ला अस्पताल सन्धिखर्कमा भएको थियो ।