रत्ननगर नगरपालिका–४ फिल्महल रोड निवासी ६८ वर्षीया सुकमाया देवी तामाङको ०८२ पुस २६ गते हत्या भएको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय रत्ननगरमा पुस २९ गते उजुरी दियो । मृतक तामाङको हातखुट्टा बाँधेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
घटनाको प्रकृति हेर्दा मुख बाँधेर हत्या गरेको अनुमान गर्न सकिने चितवन प्रहरी प्रवत्ता डिएसपी रविन्द्र खनालले बताउनुभयो ।
शवको पोष्टर्माटम पुस २७ गते भरतपुर अस्पतालमा भयो । घटनाको अनुसन्धान भइरहेको र हालसम्म कोही पनि गिरफ्तार भएको डिएसपी खनालले बताउनुभयो ।