पालुङटार नगरपालिका–३ बोगटीगाँउकी २१ वर्षीया अनुष्का परियारको हत्या गरेको आरोपमा प्रहरीले २८ वर्षीय पति शंकर सुनारलाई गिरफ्तार गरेको छ ।
आरोपितले पत्नीलाई घरायसी विवादको क्रममा पुस २४ गते कुटपिट गरी गम्भीर घाइते बनाएको र उपचारको क्रममा आँपपिपल अस्पताल हर्मीमा पुस २४ गते मृत्यु भएको थियो । शवको पोष्टमार्टम पुस २५ गते प्रदेश अस्पताल गोरखामा गरिएको छ ।
आरोपितलाई पुस २४ गते गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका इन्सपेक्टर राजन लम्सालले जानकारी दिनुभयो ।