INSEC Online

📅 २०८३ जेष्ठ २१

नगरपालिका भित्रै खानेपानी समस्या !

वालिङ नगरपालिका–१४ भोर्लेका स्थानीयले खानोपानीको समस्या झेलदै आएका छन् । नगरपालिकाको कार्यालयदेखि करिब ७ किलोमिटरको दुरीमा रहेको दलित बस्तीमा स्थानीय निकाय र राजनीतिक दलको चासो नपुग्दा एउटै धारोको भरमा सिङ्गो गाउँले गुजारा चलानु परेको छ ।

स्थानीय खुमबहादुर परियारले खानेपानीको समस्याले गर्दा अन्य काम गर्न समेत समस्या भएको बताए । उनले भने–‘लाइनमा बसेर दिनमा तीन गाग्री पानी भर्छौँ त्यो पानी हातमुख धुनुका साथै खाना पकाउँदा सकिन्छ ।’

नुहाउन धुनको लागि खोलामा जाने गरे पनि गाईवस्तु र घरमा प्रयोग गर्ने पानीको लागि समय खर्चिनु परेकोले ज्याला मज्दुरीमा समेत समस्या भएको बताए ।

चुनावका बेला सबैले आस्वासन दिने गरे पनि पछी कसैले वास्ता नगरेको स्थानीयको आरोप छ । ३० घर परियार र ५ घर विश्कर्मा रहेको सो गाउँका ३५ घर दलित समुदायले एउटै धाराको भरमा गुजारा चलाउन बाध्य भएका छन् ।

वडा अध्यक्ष झम्मर श्रेष्ठले आपूmले दलित बस्तीमा भएको खानेपानी समस्या समाधानको लागि पहल गरेको बताए । वालिङ नगरपालिका उपप्रमुख कल्पना तिवारीले सो बस्तीको खानेपानीको समस्याको लागि नगपालिकाले यसै वर्षदेखि योजना अगाडि बढाउने बताए ।

गण्डकी प्रदेश सांसद मोहनप्रसाद रेग्मीले खानेपानी समस्या समाधानको लागि स्थानीय तहसँग समन्वय गरेर प्रदेश सरकारको तर्फबाट पहल गर्ने बताए ।

दलित बस्तीमा शिक्षा र जनचेतनाको कमीले पनि कार्यालय सम्म पुगेर आफ्ना कुरा स्पष्ट सँग राख्न नसक्ने भएकोले समयमै समस्याको पहिचान हुन नसक्दा पनि समस्या हुने गरेको छ ।

दलित वडा सदस्य जमुना सार्कीले दलित समुदायमा अझै पनि चेतनाको कमीले गर्दा आफ्ना मागहरू राख्न नसक्दा पनि समस्या हुने गरेको बताउँदै आफूले सो दलित बस्तीमा भएको खानेपानीको समस्याका बारेमा वडा कार्यालय र नगरपालिकामार्फत समस्या समाधानको लागि पहल गर्ने बताइन् ।

अन्य

भिडियो