स्थानीय शान्ति समितिको कार्यालयमार्फत सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पश्चिमाञ्चल क्षेत्रका विभिन्न जिल्लाबाट १० हजार ३ सय ७४ ओटा उजुरी परेको इन्सेक जिल्ला प्रतिनिधिहरूले पठाएको विवरणमा उल्लेख छ ।
इन्सेक कास्की जिल्ला प्रतिनिधि विष्णुप्रसाद अधिकारीका अनुसार स्थानीय शान्ति समितिको कार्यालय पोखरामा सत्य निरूपण तथा मेलमिलाप आयोगका लागि ४ सय ३२ र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि ४५ गरी ४ सय ७७ ओटा उजुरी परेका छन ।
स्थानीय शान्ति समिति स्याङजाका अनुसार सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सञ्चालन गरेको उजुरी सङ्कलन कार्यमा सत्य निरूपण तथा मेलमिलापमा ३ सय ६४ र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगतर्फ ४९ उजुरी दर्ता भएका छन् ।
बागलुङ जिल्ला प्रतिनिधि सिर्जना पन्तका अनुसार सशस्त्र द्वन्द्वका समयमा भएका घटनाको छानबिनको माग गर्दै स्थानीय शान्ति समिति बाग्लुङमा ३ सय ९९ उजुरी दर्ता भएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि २७ र सत्य निरूपण तथा मेलमिलाप आयोगका लागि ३ सय ७२ ओटा उजुरी दर्ता भएको स्थानीय शान्ति समितिले जनाएको छ ।
गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार सत्य निरूपण तथा मेलमिलाप आयोगका लागि ५ सय १० ओटा र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि १८ ओटा उजुरी परेको स्थानीय शान्ति समितिले जनाएको छ ।
अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालका अनुसार सत्य निरूपण तथा मेलमिलाप आयोगतर्फ ३ सय ४० र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगतर्फ १३ ओटा उजुरी दर्ता भएको स्थानीय शान्ति समिति अर्घाखाँचीले जनाएको छ ।
लमजुङ जिल्ला प्रतिनिधि दलबहादुर मजाकोटीका अनुसार सत्य निरूपण तथा मेलमिलाप आयोगका लागि ५ सय ७० र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि २५ ओटा उजुरी परेको स्थानीय शान्ति समितिका सचिव किरण लामिछानेले बताएका छन् ।
नवलपरासी जिल्ला प्रतिनिधि नारायण पराजुलीका अनुसार नवलपरासी जिल्लामा ४ सय ९७ वटा उजुरी परेका छन जसअनुसार सत्य निरूपण तथा मेलमिलाप आयोगमा ६ सय ६४ र बेपत्ता पारिएका व्यक्ति छानबिन आयोगमा ३३ ओटा उजुरी परेको छ ।
कपिलवस्तु जिल्ला प्रतिनिधि नन्दराम पौडेलका अनुसार स्थानीय शान्ति समितिमा सत्य निरूपण तथा मेलमिलाप आयोगतर्फ ४ हजार ५ सय र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगतर्फ २४ जनाले उजुरी दिएका छन् ।
तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भटटराईका अनुसार तनहुँ जिल्लामा १ हजार ७ सय ६१ ओटा उजुरी परेका छन् । सत्य निरूपण तथा मेलमिलाप आयोगतर्फ १ हजार ७ सय ३३ र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगतर्फ २४ जनाले उजुरी दर्ता गराएका छन् ।
गोरखा जिल्लामा सत्य निरूपण तथा मेलमिलाप आयोगका लागि ८ सय ९५ र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि ३१ वटा उजुरी परेको स्थानिय शान्ति समिति गोरखाले जनाएको छ ।
पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमल्सिनाका अनुसार स्थानीय शान्ति समिति पाल्पामा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि १८ ओटा र सत्य निरूपण तथा मेलमिलाप आयोगका लागि १ सय ४७ ओटा उजुरी दर्ता भएको स्थानीय शान्ति समितिले जनाएको छ ।
रुपन्देही जिल्लाको स्थानीय शान्ति समितिमा सत्य निरूपण तथा मेलमिलाप आयोगका लागि ४ सय १७ र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि २५ ओटा उजुरी दर्ता भएको स्थानीय शान्ति समितिको कार्यालय रुपन्देहीले जनाएको छ ।
पर्वत जिल्ला प्रतिनिधि किशोर सापकोटाका अनुसार सत्य निरूपण तथा मेलमिलाप आयोगका लागि २ सय ९८ र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि १८ ओटा उजुरी परेको पर्वत शान्ति समितिले जनाएको छ ।
म्याग्दी जिल्ला प्रतिनिधि अमृत बास्कुनेका अनुसार सत्य निरूपण तथा मेलमिलाप आयोगका लागि २ सय ५६ र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा चार ओटा उजुरी परेको स्थानीय शान्ति समिति म्याग्दीले जनाएको छ ।
मनाङ जिल्ला प्रतिनिधि सुरेशकुमार थापाका अनुसार मनाङ जिल्लामा सत्य निरूपण तथा मेलमिलाप आयोगका लागि एउटा उजुरी परेको छ ।
स्थानीय शान्ति समिति मुस्ताङकी सचिव लक्ष्मी गुरुङका अनुसार दुवै आयोगका लागि एउटा पनि उजुरी परेको छैन ।