१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले सियारी गाउँपालिका–१ का २१ वर्षीय पीडितका दाजुलाई १८ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश श्यामलाल घिमिरेको मङ्सिर २४ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै १८ वर्ष कैद, ७ लाख रुपियाँ जरिबाना, ५० हजार रुपियाँ क्षतिपूर्ति र २ हजार २ सय रुपियाँ पीडित राहत कोषमा दाखिला गर्ने फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिनुभयो ।
आरोपितले बालिकालाई ०८१ वैशाख १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख १५ गते जिल्ला प्रहरी कार्यालय उजुरी दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण वैशाख १५ गते भिम अस्पताल भैरहवामा गरिएको थियो ।