INSEC Online

📅 २०८३ जेष्ठ २१

राजापुर हत्या घटनाका आरोपित गिरफ्तार

बर्दियाको राजापुर नगरपालिका-४ हमार थारु रेष्टुरेन्टमा मंसिर २१ गते २८ वर्षीय निरज थारूलाई गोली हानेर  हत्या गरेको आरोपमा दाङ तुलसीपुरका ५१ वर्षीय महाबीर चौधरीलाई प्रहरीले मंसिर २५ गते  गिरफ्तार  गरेको छ ।

राजापुर नगरपालिका- ४ हमार थारु रेष्टुरेन्टमा मंसिर २१ गते गोलि हानी हत्या गरेको थिए । हत्याको  घटनाका मुख्य आरोपित  घटना लगतै फरार भएका थिए। प्रहरीले मंसिर २५ गोली काण्डका मुख्य आरोपीलाई  कैलालीबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्पेक्टर प्रकाशसिंह कार्कीले बताउनु  भयो ।

प्रहरीले यस अघि सोधपुछको लागि राजापुर नगरपालिका–४ स्थित रहेको हमार थारु रेष्टुरेन्टकी संचालक राम कुमारी चौधरी, बुद्धि चौधरी र राहुल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

मृतक थारू राजापुर नगरपालिका–४ स्थित कुखुरा फर्ममा काम गर्दै आउनु भएको थियो ।

प्रकाश पौडेल

अन्य

भिडियो