१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका– ४ का २६ वर्षीय अजय थारूलाई कसुर ठहर गर्दै १२ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको मंसिर २४ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै १२ वर्ष कैद सजाय, ५ लाख रुपियाँ जरिबाना, ७५ हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार कमल घलेले जानकारी दिनुभयो ।
आरोपितले बालिकालाई ०८२ असार ३२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १३ गते प्रहरी कार्यालयमा उजुरी दिएको थियो । प्रहरीले आरोपितलाई साउन १३ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण साउन १३ गते बर्दिया अस्पताल, गुलरियामा गरिएको थियो ।