INSEC Online

📅 २०८३ जेष्ठ २१

 बलात्कार  गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका– ४ का २६  वर्षीय अजय थारूलाई कसुर ठहर गर्दै १२  वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको मंसिर २४ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै १२ वर्ष कैद सजाय, ५ लाख  रुपियाँ जरिबाना, ७५  हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार कमल घलेले जानकारी दिनुभयो ।

आरोपितले बालिकालाई ०८२ असार  ३२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १३  गते प्रहरी कार्यालयमा उजुरी दिएको थियो । प्रहरीले आरोपितलाई साउन १३  गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण साउन १३  गते बर्दिया अस्पताल, गुलरियामा गरिएको थियो ।

प्रकाश पौडेल

अन्य

भिडियो