INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–१४ का ६२ वर्षीय छत्रबहादुर आलेमगरलाई ०८२ मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।

बालिका घरमा एक्लै भएको मौका छोपी आरोपितले मङ्सिर १२ गते बलात्कार गरेको जानकारी पाएपछि मङ्सिर २१ गते प्रहरीमा उजुरी दिएको पीडितका बुबाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित परिवारले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी मङ्सिर २३ गते उजुरी दर्ता गरेर पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका इन्स्पेक्टर कैलाश विष्टले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर २२ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।

 

मैनामोती चौधरी

अन्य

भिडियो