INSEC Online

📅 २०८३ जेष्ठ २१

सर्वसाधारणलाई कुटेको आरोपमा दुई जना प्रहरी जवान निलम्बित

सामान्य भनाभन हुँदा गल्कोट नगरपालिका–६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई कुटपिट गरेको आरोप लागेका दुई जना प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालय, बागलुङले निलम्बन गरेको जनाएको छ ।

गत पुस २९ गते इलाका प्रहरी कार्यालय, हरिचौरमा कार्यरत प्रहरी जवानद्वय ३५ वर्षीय प्रेमसिंह विष्ट र ३० वर्षीय बुद्ध थापाले बस्नेतलाई अनुचित बल प्रयोग गरी कुटपिट गरेको पाइएपछि विभागीय कारवाही अनुरूप दुवैजनालाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय, बागलुङका एसपी दिपक रेग्मीले बताए ।

ड्युटीमा खटिएका प्रहरीले सर्वसाधारणको सुरक्षा गर्नुपर्ने ठाउँमा सामान्य विषयमा बल प्रयोग गरेको पाइएपछि माघ ७ गते विभागीय कारवाही अनुसार उनीरूलाई निलम्बन गरिएको रेग्मीले बताए ।

हाल दुवै प्रहरी जवानलाई इलाका प्रहरी कार्यालय, हरिचौरले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको समेत एसपी रेग्मीले जानकारी दिए ।

कुटपिटबाट गम्भीर घाइते भएका बस्नेतको उपचार पुस ३० गतेबाट पोखरास्थित फेवासिटी अस्पतालमा भइरहेको छ । बस्नेतको उपचार खर्च कुटपिटमा संलग्न प्रहरी जवानद्वयले भरिरहेको एसपी रेग्मीले बताए ।

अन्य

भिडियो